प्रस, रक्सौल, १७ भदौ/

मूल्यवृद्धिको विरोधमा रक्सौलमा भारतीय युवा काङ्ग्रेसले प्रदर्शन गरेको छ । भारतीय युवा काङ्ग्रेसका अध्यक्ष श्रीनिवास बिभी, बिहार प्रदेश काङ्ग्रेसका अध्यक्ष गुञ्जन पटेल, रक्सौल विधानसभाका अध्यक्ष मनोरञ्जन तिवारीको नेतृत्वमा पिएनजी, सिएनजी र एलपिजीमा भएको अत्यधिक मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरिएको थियो ।

विरोध कार्यक्रममा बिहार युवा काङ्ग्रेसका महासचिव अखिलेश दयालले जिडिपी शून्य भएको र देशको अवस्था जर्जर भएको भन्दै पेट्रोलियम पदार्थका साथै घरेलु प्रयोगको एलपिजी ग्याँसको लगातार मूल्यवृद्धिले आम मानिसलाई समस्या भएको बताए । उनले जनताले ‘मोदी है तो महँगाई है’ नारा लगाउन शुरू गरेको बताए । उनले युपिएको कार्यकालमा महँगी, पैसामा वृद्धि हुने तर भाजपा पार्टीले सडकदेखि सदनसम्म हल्ला गर्ने गरेको तर अहिले एक वर्षमा सिएनजी, पिएनजी र एलपिजी वृद्धि भएर व्यापारीलाई २३ लाख करोड फाइदा पुगे पनि भाजपा चुप बसेको बताए ।

उनले केन्द्रीय मन्त्री स्मृति इरानीले पूर्वप्रधानमन्त्री मनमोहन सिंहलाई महँगी बढेको भन्दै चुरा पठाएको तर आज उनले पनि महँगीको विरोध नगरेको बताए । उनले अहिलेको महँगीले देशलाई २५ वर्ष पछाडि धकेलेको आरोप लगाए ।

कार्यक्रममा अवधेशकुमार यादव, वकिल अन्सारी, विश्वासकुमार, बादल कुमार, नीतेश कुमार, मनोज मेहता, रज्जाक हुसेन, मलिक कुमार, विन्नी पाण्डे, महम्मद साहिललगायतका युवाहरूको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here