प्रस, वीरगंज, १७ भदौ/
नेकपा एमालेका केन्द्रीय सदस्य निर्मला देवकोटाले एमाले पार्टी फुटाउन प्रतिपक्ष दलको भूमिका रहेको आरोप लगाएकी छन् ।
एमाले गाउँ कमिटी पटेर्वासुगौलीको आयोजनामा बुधवार भएको पालिकास्तरीय भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय सदस्य देवकोटाले एमाले सरकारले जनताको हितमा राम्रो काम गरेको र आगामी चुनावमा एमालेले नै जित्ने दावी गरे ।
कार्यक्रममा पटेर्वासुगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरीले अहिले जनता एमाले सरकारको शासनको आवश्यकता महसूस गरिरहेको बताए । गाउँ कमिटी अध्यक्ष फरमान मियाँको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य राजकुमार गुप्ता, जयप्रकाश थारू, प्रदेश कमिटी सदस्य तेजप्रकाश निषाद, जिल्ला अध्यक्ष प्रभु हजरा, सचिव मनोज गुप्ता, प्रमोद उपाध्याय, राजेश दास थारू, कन्हैया यादवलगायतको सहभागिता थियो ।
यसैगरी, पर्सागढी नगरपालिका–९ बडेर्वामा एमाले अगुवा कार्यकर्ता भेला भएको छ । वडाध्यक्ष रामनारायण गौरोको अध्यक्षतामा भएको भेलाको उदघाटन गोकर्ण पाठकले गरेका थिए । कार्यक्रममा गौरीशङ्कर महतो, नारायण दवाडीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।