प्रस, रौतहट, २० भदौ/
गरुडा नपा–२ का स्थानीय रामचन्द्र सहनीका ५५ वर्षीय छोरा जगदीश सहनीको लाश चाँदी खोलामा भेटिएको छ। शुक्रवारदेखि हराएका सहनीको शवलाई स्थानीयले खोलामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।
सहनीको मानसिक सन्तुलन ठीक नभएकोले डुबेर मृत्यु भएको हुन सक्ने स्थानीयहरूको आशङ्का छ। घटनास्थलमा इलाका प्रहरी कार्यालय गरुडाको टोली पुगेर शवको शल्यपरीक्षणको लागि गौर अस्पतालमा पठाएको इप्रका गरुडाले जनाएको छ।