प्रस, वीरगंज, १६ भदौ/

मानव सेवा आश्रम वीरगंजमा आश्रित ५५ जना बालबालिका, युवा, वृद्धमध्ये ५० जना मनोरोगी छन् । मानव सेवा आश्रम वीरगंजकी संयोजक सानु मानव सेवाले दुईजना बालबालिका, तीनजना वृद्ध गरी पाँचजनाबाहेक ५० जना मनोरोगी भएको र उनीहरूले नियमित औक्षधि सेवन गरिरहेको बताइन् ।

५० जना मनोरोगीमध्ये १५ देखि ६० वक्र्षमुनिका २४ जना महिला, सोही उमेर समूहका १५ जना पुरुक्ष, ६० देखि माथिका नौजना पुरुक्ष र दुईजना महिला गरी ५० जना छन् ।

मनोरोगीहरूमध्ये २६ जना आफ्नो नामसमेत भन्न नसक्ने अवस्थाका छन् भने २४ जना आश्रमले दिएको नाम भन्न सक्ने अवस्थामा पुगेका छन् । उनीहरू कसैलाई पनि आफ्नो नाम, ठेगाना थाहा छैन । आश्रममा नियमितरूपमा उनीहरूलाई सातपटक हाजिरी गराइन्छ र नाम रट्न लगाइने संयोजक सानुले बताइन् ।

मनोरोगीहरूलाई डा भरत गोइतले मासिक दुईपटक चेकजाँच गर्छन् । आकस्मिक चेकजाँचमा पनि उनकै सहयोग रहँदै आएको छ । मनोरोगीमध्ये कलैया उपमहानगरको मोतीसर निवासी जोगेश्वर ठाकुरको अवस्था अहिले सबैभन्दा राम्रो भएको छ । चार वक्र्षदेखि फलामको सिक्रीमा बाँधिएर एकै ठाउँमा खाने, शौच गर्दै आएका उनको २०७८ जेठ २१ गते मानव सेवा आश्रमले उद्धार गरेको थियो ।

तीन महीनाको अवधिमा जोगेश्वर अहिले नाचगानसमेत गर्न सक्ने भएका छन् । खाटमैं बस्दै आएका उनले अहिले हिंड्ने र नाचगान गर्ने गरेको संयोजक सानुले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here