काठमाडौं, १५ भदौ/रासस

टोकियो–२०२० पारा ओलम्पिकमा नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले आफ्नो पहिलो चरणको खेलमा बेलायती खेलाडी बेथ मुनरोसँग प्रतिस्पर्धा गर्ने भएकी छन् ।

मङ्गलवार सार्वजनिक भएको ड्र अनुसार पलेशाले के ४४ क्याटगोरी अन्तर्गत महिला ५८ किलोमुनि तौल समूहमा बेलायती खेलाडी बेथसँग प्रि–क्वाटरफाइलनमा खेल्ने पक्का भएको हो। पलेशाको खेल शुक्रवार बिहान हुनेछ ।

उनको तौल समूहमा कुल ११ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । पलेशाले बेलायती खेलाडीलाई हराएमा क्वाटरफाइनलमा टर्कीकी गाम्जे गुर्डलसँग खेल्नेछिन् । नेपालबाट पारा ओलम्पिकमा पलेशाले वाइल्ड कार्डबाट स्थान बनाएकी हुन् ।

एशियन च्याम्पियनशिपमा कांस्य विजेता पलेशाले विश्व च्याम्पियनशिपमा पनि सहभागिता जनाइसकेकी छन् ।

पारा ओलम्पिकमा सहभागिता जनाउन एक खेलाडीसहित छ सदस्यीय नेपाली टोली यसअघि नै जापानको टोकियो पुगिसकेको छ ।

पारा ओलम्पिकमा कविराज नेगी लामा प्रशिक्षक, दीपक विष्ट अफिसियल, सरोज श्रेष्ठ सेफ दि मिसन, डा दीपक श्रेष्ठ फिजियो र विश्वास बस्नेत कोभिड लाइसेन्स अफिसरका रूपमा सहभागी भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here