प्रस, वीरगंज, १५ भदौ/
जिल्ला प्रहरी कार्यालय, बारा र प्रदेश प्रहरी कार्यालय जनकपुरको संयुक्त टोलीले मङ्गलवार दिउँसो स्वचालित बन्दुक र गोलीसहित दुईजनालाई पक्राउ गरेको छ ।
जिप्रका, बाराका प्रवक्ता प्रनाउ गौतम मिश्रले सिम्रौनगढ नपा–६ मा रहेको विधायक होटलबाट दुईजनालाई मेड इन युएसए लेखिएको म्याग्जिनसहित पेस्तोल एक थान र थप म्याग्जिन एक थानसहित पक्राउ गरी अनुसन्धान शुरू गरिएको बताए ।
उनले आज दिउँसो ४ बजे होटलबाट सिम्रौनगढ नपा–४ गङ्गानगर बस्ने ३५ वर्षीय राजेशप्रसाद यादव र २० वर्षीय जीतेन्द्रप्रसाद कुशवाहालाई हतियारसहित पक्राउ गरिएको बताए।