प्रस, परवानीपुर, ९ भदौ/
वीरगंज–१७ अलौंस्थित द्वारदेवी माविमा बुधवार दाइजो र बालविवाह विषयक चित्रकला प्रयोगिता सम्पन्न भएको छ। प्रतियोगितामा रमेश सहनी प्रथम, प्राची गुप्ता दोस्रो, आजम अन्सारी तेस्रो र रिङ्कुकमारी साह चौथो भएका हुन्।
कक्षा ८ देखि १० सम्मका २० जना छात्रछात्रा उक्त प्रतियोगितामा सहभागी थिए। शिक्षाको लागि राष्ट्रिय अभियानको आयोजना र जिल्ला समन्वय एकाइको सहकार्यमा भएको कार्यक्रमको अध्यक्षता रामप्रवेश साहले गरेका थिए। विद्यार्थीहरूले समाजमा विद्यमान दाइजो र बालविवाह प्रथाले विभिन्न प्रकारका विकृति बढेको र समाज विकासमा असहयोग पुगेकोजस्ता विभिन्न मार्मिक चित्र बनाएको विद्यालयका प्रधानाध्यापक राजुकुमार मालीले बताए।