हामीले सधैं खानेकुराले हाम्रो उमेर बढाउँछ वा घटाउँछ, यसबारे अमेरिकी वैज्ञानिकले अनुसन्धान गरेका छन्। वैज्ञानिकको भनाइ छ–साधारणतया हामीले खाने कुराले हाम्रो उमेर घटाइरहेको हुन्छ। जस्तै हटडग खाएपछि मनुष्यको उमेर ३६ मिनेट घट्छ, त्यस्तै बदामको नून मिसिएको गेंडा खानाले उमेरमा २६ मिनेटसम्म वृद्धि हुन्छ।
खानपानमाथि रिसर्च गर्ने मिशिगन विश्वविद्यालयका वैज्ञानिकले ५ हजारभन्दा बढी खाने कुरामाथि अध्ययन गरे, जसले मनुष्यको स्वास्थ्यमाथि असर पाथ्र्यो। वैज्ञानिकले प्रतिदिन खाने कुरा तयार गर्दा र त्यसलाई फालेपछि पर्यावरणमाथि कस्तो असर पर्छ, यसमथि पनि अध्ययन गरेका थिए।
शोधकर्ताले हटडग, पिज्जा, योगर्टलगायत ५ हजार ८ सय खाने कुरामाथि अनुसन्धान गरेका छन्। यी खानेकुराको स्वास्थ्य र पर्यावरणमाथि असरबारे पनि अध्ययन गरे। उनीहरूले उमेर बढाउने र घटाउने खानेकुराको सूची बनाए। यसको नाम राखे हेल्थ न्युट्रिशन इन्डेक्स। यस इन्डेक्सलाई ग्लोबल बर्डन ओड डिजिजको आधारमा तयार गरिएको छ।
कुन वस्तु खाएपछि जीवन घट्छ, यो हटगडको लागि गरिएको गणनाबाट बुझ्न सकिन्छ। वैज्ञानिकहरू भन्छन्– एक ग्राम प्रोसेस्ड मासु खाने अमेरिकीको उमेर ०.४५ मिनेट घट्छ। यसप्रकार ६१ ग्राम प्रोसेस्ड मासु भएको हटडगबाट जीवनको २७ मिनेट कम हुन्छ। यसको अलावा वैज्ञानिकले यसमा हुने सोडियम र ट्रान्सफैटको स्तर हेरे।
वैज्ञानिकको भनाइ छ बिफ र प्रोसेस्ड मासुबाट लिइने क्यालोरीको १० प्रतिशत भाग फल, तरकारी र गेडागुडीबाट पूरा गर्नुपर्छ। यस्तो गर्दा तपाईंको जीवनको अतिरिक्त ४८ मिनेट बढ्छ र स्वस्थ रहन सक्नुहुन्छ। यसको साथै करीब एकतिहाई डाइटरी कार्बन फूटप्रिन्ट्सलाई घटाउन सकिन्छ।
मिशिगन युनिभर्सिटीमा पर्यावरण स्वास्थ्य विशेषज्ञ ओलिवर जुलियटको भनाइ छ– यस समय खानपानमा बदलाव गरेर मनुष्यलाई स्वस्थ राख्नुको साथै पर्यावरण पनि सफा राख्न निकै जरूरी छ।
उमेर बढाउने खानेकुराः पिनट बटरले ३३ मिनेट, नून मिसिएको बदामले २६ मिनेट, बेक्ड साल्मन माछाले १६ मिनेट, राजमा–भातले १३ मिनेट, केराले १३.५ मिनेट, गोलभेंडाले ३.८ मिनेट, एभोकाडोले ३.८ मिनेट, एप्पल पाइले २६ मिनेट उमेर बढाउँछ।
उमेर घटाउने खानेकुराः हटडगले ३६ मिनेट, सफ्ट पेय पदार्थले १२.४ मिनेट, डबल चीजबर्गरले ८.८ मिनेट, पिज्जाले ७.८ मिनेट, चिकेन विङ्गले ३.३ मिनेट उमेर घटाउँछ।