प्रस, सिम्रौनगढ, ४ भदौ/
करेन्ट लागेर सीमावर्ती घोडासहनमा एकजना बालकको मृत्यु भएको छ । बिहीवार साँझ बाख्रा चराउन गएका ठूलो भेलवा गाउँका नवल राउतका नौ वक्र्षीय छोरा मञ्जय कुमारको हाईटेन्शन लाइनको तारबाट करेन्ट लागेर मृत्यु भएको बताइएको छ । करेन्ट लागेर घाइते भएका उनलाई उपचारको लागि ढाका अस्पताल लैजाने क्रममा मृत्यु भएको हो ।