काबुल, ३१ साउन/सिन्ह्वा/रासस
संयुक्त राज्य अमेरिकाले तालिबानी समूहलाई हराउन अफगानी सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अर्बौं खर्च ग¥यो । तर अफगानी सुरक्षा बलको ›ूत पतनले विद्रोहीहरूको हतियार सङ्कलन सफल भएपछि उनीहरूलाई थप आक्रामक बन्न सहयोग पुगेको छ ।
अमेरिकी सेना हटाउने र स्थानीय सरकारलाई जिम्मेवारी छोड्ने आफ्नो निर्णयको रक्षा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले भने–“हामीले हाम्रा अफगान साझेदारहरूलाई ‘सबै औजार’ प्रदान ग¥यौं । तर अफगान सुरक्षा फौजले त्यस लडाइँको लागि खासै जोड देखाएन र हजारौंको सङ्ख्यामा सक्रिय तालिबानीले उनीहरूलाई प्रमुख शहरहरूबाट तुरून्तै उठाउन थालेका छन् ।”
तालिबानी समूहको सामाजिक सञ्जाल तालिबानी लडाकूहरूले हतियारको ठूलो पैमाना जफत गरेको भिडियोले भरिएको छ । यी अधिकांश हतियार पश्चिमी शक्तिहरूले प्रदान गरेका हुन् । उत्तरी शहर कुन्दुजमा आत्मसमर्पण गरिरहेका अफगान सिपाहीहरू रहेको एक दृश्यचित्रमा शक्तिशाली हतियारले भरिएको र विद्रोहीले हातमा बन्दुक समाएर उभिएको देखाइएको छ ।
पश्चिमी शहर फराहमा, लडाकूहरूले चीलले सर्पलाई आक्रमण गर्दै गरेको तस्वीर रहेको गाडीमा गस्ती गरिरहेको पाइन्छ । यो अफगानिस्तानको गुप्तचर सेवाको आधिकारिक सङ्केत हो । यसले के बताउँछ भने विद्रोहीहरूले सरकारी सुरक्षा बलबाट सबै प्रकारका हतियार तथा बन्दोबस्तीका सामान कब्जा गरेका छन् ।
हतियार खोजी समूह, ‘कन्फ्लिक्ट आर्मामेन्ट रिसर्च’का जस्टिन प्लिश्नरले एएफपीसँग भने–“अमेरिकी सेनाले ‘अत्याधुनिक’ उपकरणहरू आफूसँगै लगेपनि तालिबानी आक्रमणले उक्त समूहलाई ‘बन्दोबस्तीका गाडी, बख्तरबन्द गाडी, मध्यम खालका हातहतियार र हल्का हतियारका साथसाथै गोला बारुद’ दिएको छ ।
विशेषज्ञहरूका अनुसार तालिबानी क्षेत्रीय सहयोगी समूहहरूको अज्ञात समर्थनले तालिबानलाई ठूलो बल मिलेको छ । ‘एस राजारतनाम स्कूल अफ इन्टरनेशनल स्टडीज’ का वरिष्ठ अधिकारी राफाएलो पन्टुचीका अनुसार यी हतियारहरूले काबुलमा तालिबानको आक्रमणलाई मात्र होइन यसले तालिबानी लडाकूद्वारा कब्जा गरिएका शहरहरूमा उसको अवस्थालाई सुदृढ पार्नेछ ।
अमेरिकी फौज सबै गइसकेपछि अहिले तालिबानले एक पैसा पनि खर्च नगरी अमेरिकाले अफगानिस्तानमा आपूर्ति गरेका औजार जम्मा गर्न सफल भएको छ । अमेरिकी सेना, फिर्ता समय सीमाभन्दा पहिले नै, फर्कने तयारी भइरहँदा, सन् २००१ मा भएको आतङ्ककारी हमलापछि, अल कायदासँग सम्बन्ध कायम राख्ने अफगानी विद्रोहीहरू पनि, अमेरिकाले अफगान सरकारलाई उपहार दिएका हतियारका साथ परेड खेल्नु र शहरहरूबाट सरकारी सेनाको बहिर्गमन (पतन) हुनु यहाँको सबैभन्दा खतरनाक परिदृश्य भएकोस सन् २००१ मा तालिबानलाई विस्थापित गर्न अमेरिकी विशेष फौजको नेतृत्व गर्ने जेसन अमेरीनले एएफपीलाई बताए ।
अफगान राष्ट्रिय सेनालाई सङ्केत गर्दै उनले भने–“अमेरिकाले हतियार र सैनिक बन्दोबस्तीका सामान तालिबानीको हातमा पर्न सक्छ भन्ने अनुमानका साथ एएनएलाई सुसज्जित गरेको थियो ।” हालको सङ्कट खरीद निर्णय गर्दा विचार गरिएको सबैभन्दा खराब परिस्थिति हो ।”
तालिबान आफ्नो सफलतालाई अफवाहको रूपमा फैलाउन सफल भएको छ । यसले अफगानी सेना तथा अधिकारीमाथि मनोवैज्ञानिक असर परेको छ । कुन्दुज विमानस्थलमा रातो मोटरसाइकलमा रहेका तालिबानी लडाकू शिरदेखि पैतालासम्म विद्रोही पोशाकमा सजिएका र विमानस्थलमा रहेको सैनिक हेलिकोप्टर हेरिरहेको देखिन्थे । हेलिकोप्टर उनीहरूको नियन्त्रणमा थियो । यो विद्रोही इलाकाभरि झल्किएको हर्षको चित्र हो । विमानले चालकविना युद्धभूमिमा कुनै असर पार्ने छैन । सिआइए आतङ्कवाद विरोधी विश्लेषक अकी पेरिट्जले एएफपीसँग भने–तिनीहरू अफवाहको उद्देश्यका लागि मात्र हुनेछन् ।” योभन्दा बढी उपयोगी भनेको देशको दुर्गम भूभागमा मार्ग–निर्देशन गर्न प्रयोग गरिने हल्का हातहतियार तथा गाडीहरू हुन् ।
सेनाको मनोबल घट्दै गएसँगै, पश्चिमा समर्थित सरकारलाई तालिबानीले निम्त्याउने खतरालाई बढावा दिनेछन् । सङ्कट बढ्दै जाँदा, बाइडेन प्रशासनले अझै पनि पराजित हुनै लागेको अफगान सेनालाई सुसज्जित गर्ने बताएको छ । मध्यपूर्वका अवलोकनकर्ताहरूले यो हतियार हस्तान्तरण भएको पहिले नै देखेका छन् ।
अमेरिकी इराकबाट हटेपछि सन् २०१४ को मध्यतिर इस्लामिक स्टेट (आइएस) समूहले इराकी शहर मोसुल कब्जामा लिएको थियो र यस क्रममा उसले अमेरिकाद्वारा आपूर्ति गरिएका बन्दूक तथा बख्तरबन्द गाडी पनि कब्जामा लिएको थियो, जसलाई जिहादी मुसलमानहरूले इराकदेखि सिरियासम्म इस्लामिक क्षेत्र घोषणा गर्नका लागि प्रयोग गरेका थिए । पेरिट्जले यो अहिले एउटा बाटोको रूपमा परिणत बनेको बताउँदै अफगानिस्तानमा तालिबानको विजय यस क्षेत्रको शान्तिका लागि मुख्य चुनौती भइरहने बताए ।
–ड्याभिड फक्स/ज्याक मूर