काठमाडौं, ३१ साउन/रासस

पछिल्लो २४ घण्टामा नेपालमा दुर्ई हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन विधिबाट गरिएको १२ हजार १०६ परीक्षणमा दुर्ई हजार २१२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमित हुनेको सङ्ख्या सात लाख ३२ हजार २७२ पुगेको छ।

यसैगरी, पछिल्लो २४ घण्टामा एक हजार ८६७ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म सङ्क्रमण मुक्त हुनेको सङ्ख्या छ लाख ८२ हजार ६८२ जना पुगेको छ ।
नेपालमा हाल ३५ हजार १८ जना होम आइसोलेशन र चार हजार २८० जना संस्थागत आइसोलेशनमा छन् । त्यसैगरी, ७५८ जना आइसियू र १९३ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३९ हजार २९८ जना रहेको मन्त्रालयले जनाएको छ।

थप ३३ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणबाट ३३ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको सङ्ख्या १० हजार २९२ पुगेको छ । कोरोनाबाट मृत्यु हुनेमा ६० वर्षमाथिका व्यक्तिहरू सबैभन्दा धेरै रहेको मन्त्रालयले जनाएको छ । कुल मृतक सङ्ख्यामध्ये पाँच हजार ५२२ जना सो उमेर समूहका रहेका छन् । सबैभन्दा धेरै ज्यान गुमाउनेको दोस्रो सूचीमा ५० देखि ५९ वर्ष उमेर समूहका छन् । नेपालमा हालसम्म ५० देखि ५९ वर्ष उमेर समूहका दुर्ई हजार २८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।

त्यसैगरी, ४० देखि ४९ वर्ष उमेर समूहका एक हजार ४७२ र ३० देखि ३९ वर्ष उमेर समूहका ८५० तथा २० देखि २९ वर्ष उमेर समूहका ३१८ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । १० देखि १९ वर्ष उमेर समूहका ५०, नौ वर्षमुनिका ४५ र अज्ञात सातजनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here