प्रस, पर्सागढी, ३० साउन/
पर्सागढीमा लगाइएको अगहनी धानको बालीलाई अहिले परेको पानीले क्षति पु¥याएको छ ।
नगरपालिकामा रोपिएको अगहनी धानमध्ये साढे ९ प्रतिशत धानबालीलाई वर्षाले क्षति पु¥याएको किसानहरूले बताएका छन् ।
सुनाखरी सहकारी संस्था पर्सागढीका सचिव दिपेश नेपालले नगरपालिकामा ४ हजार २८ दशमलव ३७ हेक्टरमा अगहनी धान रोपिएकोमा डेढ प्रतिशत गएको बाढीले गलेको, तीन प्रतिशत डुबानमा पर्दा गलेको र पाँच प्रतिशत बीउ नै नउम्रेर क्षति पुगेको समेत गरी साढे नौ प्रतिशत अगहनी धानबालीमा क्षति पुगेको बताए ।
नगरपालिकाको खेतीयोग्य जमीनमध्ये ३० प्रतिशतमा हल्दीनाथ, ५० प्रतिशतमा सोना मन्सुली र पाँच प्रतिशतमा अन्य प्रजाति गरी ८५ प्रतिशत खेतीयोग्य जमीनमा धान रोपिएको छ ।