प्रस, सेढवा, ३० साउन/

जीराभवानी गाउँपालिका–२ का दलितहरूलाई शनिवार राहत वितरण गरिएको छ । वीरगंजका एक दम्पतीको सहयोगमा सामाजिक कार्यकर्ता प्रकाश थारूले जीराभवानी मन्दिर परिसरमा ३२ जना चमार समुदायका परिवारलाई राहत सामग्री वितरण गरेका थिए ।

प्रतिपरिवार २५ किलो चामल, एक किलो नून/दाल, आधा लिटर खानेतेल वितरण गरिएको सामाजिक कार्यकर्ता थारूले बताए ।

दैनिक जीविकोपार्जन गर्न समस्या भइरहेको चमार समुदायका परिवारलाई राहत वितरण गरिएको उनले बताए । कार्यक्रममा सशस्त्र प्रहरी निरीक्षक केदार राई, स्थानीय समाजसेवी अर्जुन चौधरी, ब्रह्मानन्द चौधरीलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here