प्रस, वीरगंज, ३० साउन/
नेपाल बार एशोसिएशन पर्साले नेपाल पत्रकार महासङ्घ पर्सा शाखाका पदाधिकारी, सदस्यहरूलाई शनिवार सम्मान गरेको छ । बारको सभाहलमा आयोजित कार्यक्रममा अध्यक्ष ओमप्रकाश गुप्ताले पत्रकार महासङ्घका पदाधिकारी, सदस्यहरूलाई सम्मान गरेका थिए ।
सो अवसरमा पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले नागरिकप्रति उत्तरदायी भएर बार र पत्रकार महासङ्घले काम गर्नुपर्ने बताए । उनले दुई संस्थाले सकारात्मक सहकार्य गरी अगाडि बढ्नुपर्ने सुझाव दिए । परिवर्तनका सबैखाले आन्दोलनमा सहकार्य गरेर हिंडेको बार र पत्रकार महासङ्घ आगामी दिनमा पनि जनहितका लागि सहकार्य हुनुपर्नेमा जोड दिए ।
पर्सा बारका पूर्वअध्यक्ष सालिकराम प्रसादले आम नेपाली जनता करको भारमा परेको र उनीहरूलाई यसबाट उन्मुक्ति दिलाउन कानून व्यवसायी र पत्रकारले साझा बहस चलाएर अगाडि बढ्नुपर्ने बताए ।
पर्सा बारका अध्यक्ष गुप्ताको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा बारका रामेश्वर सेढाईं, रामनारायण कुर्मी, वीरेन्द्र यादवलगायतले मन्तव्य व्यक्त गरेका थिए ।