प्रस, वीरगंज, ३० साउन/
जगरनाथपुर गाउँपालिका–६ मा नवनिर्मित वडा कार्यालयको शनिवार उद्घाटन भएको छ ।
प्रदेश सांसद प्रह्लाद गिरीले प्रसौनीमा ४२ लाख रुपैयाँको लागतमा निर्मित भवनको उद्घाटन गरेका हुन् ।
वडाध्यक्ष रामअयोध्या पटेलको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश सांसद मञ्जुर आलम, गापा अध्यक्ष जालिम मियाँ, सखुवाप्रसौनी गापाका अध्यक्ष्F प्रदीप जैसवाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।