प्रस, रक्सौल, २९ साउन/

पूर्वी चम्पारणको पहाडपुर थाना निवासी मनीष सिंहको निर्मम हत्या भएको शोकमा रक्सौलमा श्रद्धाञ्जलिसभा गरिएको छ ।

एनयुजेआई रक्सौल शाखाको पहलमा भएको शोकसभामा सहभागी पत्रकारहरूले दुई मिनेट मौन धारण गरेका थिए । उनीहरूले सो अवसरमा पत्रकारका हत्यारालाई अविलम्ब पक्राउ गर्नुपर्ने र सरकारले परिवारजनलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरे । पत्रकारहरूले केन्द्र तथा प्रदेश सरकारलाई पत्रकारको सुरक्षाको उचित प्रबन्ध मिलाउनुपर्ने माग गरे ।

रक्सौलस्थित रामजानकी मन्दिर विवाह भवनमा एनयुजेआईका अध्यक्ष विपिन कुशवाहाको अध्यक्षतामा भएको श्रद्धाञ्जलिसभामा पत्रकार सुमेश्वर वर्मा, दीपक अग्निरथ, राजेश केशरीवाल, राजेश वर्मालगायतका पत्रकारहरूले श्रद्धाञ्जलि अर्पण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here