काबुल, २९ साउन/सिन्ह्वा

अफगानिस्तानमा एकपछि अर्काे गरी यहाँका शहरहरू कब्जा गरिरहेको तालिबान लडाकूहरूको समूहले अफगानिस्तानको दोस्रो ठूलो शहर कान्दाहार पनि कब्जा गरेको जनाएको छ ।

शुक्रवार बिहान उनीहरूले सो कुरा सार्वजनिक गरेका हुन् । आज उनीहरूले अफगानिस्तानको कान्दाहार र लस्कर गाह शहर पनि आफूले नियन्त्रणमा लिएको दाबी गरेका हुन् ।

यस शहर नियन्त्रणमा लिएर आफूहरूले ठूलो सफलता हासिल गरेको पनि उनीहरूको दाबी छ । दक्षिण अफगानिस्तानका यी दुई शहर तालिबानका लागि निकै महŒवपूर्ण विजय भएको लडाकूहरूले दाबी गरेका छन् ।

त्यस शहरलाई तालिबानको बलियो पकड भएको क्षेत्रका रूपमा लिइएको थियो । त्यसैले पनि विगतमा यहाँ नेटो र अफगान सेनाको ठूलो सुरक्षा दिइएको थियो ।

कान्दाहार शहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र पनि हो । त्यसैले उनीहरूले यसलाई ठूलो उपलब्धि भनेका हुन् । अफगानिस्तानमा जारी सङ्घर्षका बीचमा तालिबानले बिहीवार मुख्य शहर घाज्नी र हेरात पनि आफ्नो नियन्त्रणमा लिएको बताएको थियो ।

पछिल्ला दिनहरूमा तालिबानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने जनाएको छ । यसै क्रममा उसले विभिन्न शहरमा कब्जा जमाउँदै आएको हो ।

उनीहरूको कब्जा बढ्दै गएपछि पश्चिमा देशहरूले आफ्ना दूतावासका कर्मचारी र नागरिकहरूलाई सुरक्षितरूपमा स्वदेश फर्काउन थालेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here