प्रस, वीरगंज, २८ साउन/

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाले वीरगंज महानगरपालिका–१४ वडा कार्यालयमा छापा मारेको छ ।

वडा कार्यालयबाट प्रदान गरिने सेवाबापत लिने शुल्कको रसिद नदिने र सो शुल्क महानगरपालिकाको राजस्व फाँटमा दाखिला नगरेको सूचनाको आधारमा छापामारी गरिएको हो।

छापामारीको क्रममा वडा कार्यालयका सहायक सचिवले शुल्क महीनौंसम्म दाखिला नगरेको प्रमाण फेला परेको थियो ।

सोही प्रमाणको आधारमा अख्तियारको टोलीले वीरगंज महानगरपालिकाको राजस्व फाँटमा पनि छानबिन गरेको छ । वडा कार्यालयमा अनियमितता सम्बन्धमा राजस्व महाशाखाको संलग्नता हुन सक्ने आधार देखी सो कार्यालयको कम्प्युटर नियन्त्रणमा लिएर अनुसन्धान गरिएको छ ।

अख्तियारको पाँचजनाको टोलीले महानगरको राजस्व शाखाको आर्थिक प्रणालीको चेकजाँच गरिरहेको छ ।

वीरगंज महानगरपालिकाले राजस्व महाशाखामा देशभरिकै महानगर र नगरपालिकामा प्रयोग हुने साङ्ग्रिला एपबाट आर्थिक कारोबार गर्दै आएको र यो एपको प्रयोग निकै विश्वसनीय हुने गरेको बताइएको छ । अख्तियारका राकेश तोरम्बाले अनुसन्धान जारी रहेको र गलती फेला परे सञ्चारकर्मीहरूलाई जानकारी गराउने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here