प्रस, ठोरी, २८ साउन/

नेपाल प्रहरीको तपाईंको मास्क खोइ अभियान ठोरी गाउँपालिकामा शुरू भएको छ ।
इलाका प्रहरी कार्यालय, ठोरीले विभिन्न स्थानमा मास्क नलगाउने सर्वसाधारणलाई मास्क लगाउन आग्रह गर्दै मास्क वितरण गरेको थियो ।

कोरोना सङ्क्रमण कम भएसँगै ठोरीमा मास्क लगाउने सङ्ख्या घट्दो थियो । इलाका प्रहरी कार्यालय, ठोरीका प्रनि ब्रह्मदेव साहले ठोरीको टाउन बजार, विजयबस्ती, रामनगरमा बिहीवार मास्क नलगाउनेलाई सचेतनाको लागि मास्क वितरण गरिएको बताए ।

सो अवसरमा प्रहरीले मास्क नलगाउनेहरूलाई मास्क लगाएर हिंड्न सचेत गराएको थियो । प्रनि साहले यो अभियानलाई ठोरी गापाभरि सञ्चालन गर्ने बताए ।

प्रस, वीरगंज/

नेपाल प्रहरीको तपाईंको मास्क खोइ अभियान वीरगंज महानगरपालिकामा जिल्ला ट्राफिक प्रहरी कार्यालयले विभिन्न सङ्घसंस्थाको सहयोगमा बुधवारदेखि सञ्चालन गरेको छ ।

साताव्यापी अभियान अन्तर्गत वीरगंजका विभिन्न स्थानमा बिहान, दिउँसो मास्क नलगाएर हिंड्ने, मोरसाइकल, साइकल, अटो, ईरिक्शा चलाउनेहरूलाई मास्क वितरण गरिएको थियो ।
बुधवार ६ सय मास्क वितरण गरिएको ग्रीन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष प्रकाश खेतानले बताए ।

यसैगरी, बिहीवार पनि सोही परिमाणमा मास्क वितरण गरिएको थियो । माईस्थान, घण्टाघर, आदर्शनगर, बिर्ता, अलखियामठ, मुर्ली, पावरहाउसचोकलगायतका स्थानमा मास्क वितरण गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here