बेइजिङ, २८ साउन/सिन्ह्वा
चीनमा मातृमृत्यु दर उल्लेख्यरूपमा घटेको पाइएको छ । चीन सरकारले बिहीवार सार्वजनिक गरेको ‘ह्वाइट पेपर’मा सो कुरा उल्लेख गरिएको छ ।
उक्त सरकारी तथ्याङ्कका अनुसार यहाँ सन् २००२ मा प्रतिएक लाख जीवित जन्ममा ४३.२ प्रतिशत मातृ मृत्यु दर रहेकोमा सन् २०२० मा आएर १६.९ प्रतिशत मात्र देखिएको छ । मातृ मृत्यु प्रतिएक लाखमा मापन गरिन्छ । यहाँ सन् २००२ मा एक लाख आमाले बच्चा जन्माउँदा ४३.२ जना आमाको ज्यान जाने गरेको थियो ।
सो सङ्ख्यामा कमी आएर अहिले अर्थात् सन् २०२० मा बच्चा जन्माउने क्रममा अर्थात् प्रसूतिजन्य जटिलताका कारण हाल प्रतिएक लाख आमामा १६.९ जनाको मात्र ज्यान जाने गरेको छ ।
यस तथ्याङ्कलाई चीन सरकारले यहाँका आमाको स्वास्थ्यमा आएको एक उल्लेखनीय प्रगति भनी टिप्पणी गरेको छ ।
चीनको यो तथ्याङ्क सार्वजनिक भए लगत्तै विश्व स्वास्थ्य सङ्गठनले पनि चीनलाई आमा स्वास्थ्यका क्षेत्रमा उल्लेखनीय प्रगति गर्ने एक उदाहरणीय राष्ट्रका रूपमा चित्रण गरेको छ ।
यस अघि पनि विश्व स्वास्थ्य सङ्गठनले चीन, आमा स्वास्थ्य क्ष्Fेत्रमा धेरै सुधार गरिरहेको राष्ट्रका रूपमा परिचित रहेको भनेको थियो । रासस