काठमाडौं, २८ साउन/रासस

एड्भान्स्ड कलेज अफ इन्जिनीयरिङ एन्ड म्यानेजमेन्टले विद्यार्थी र उद्यमीसँग सम्बन्ध विस्तारका लागि भर्चुअल माध्यमबाट रोजगार मेला आयोजना गरेको छ ।

‘मेरो जब’ सँगको सहकार्यमा आयोजित उक्त कार्यक्रमको आज नेपाल उद्योग परिसङ्घका अध्यक्ष विष्णुकुमार अग्रवालले उद्घाटन गरे । सो अवसरमा अध्यक्ष अग्रवालले कोभिड–१९ महामारी तथा अन्य व्यवधानका बावजूद व्यावसायिक गतिविधि उज्ज्वल देखिएकोले यस किसिमका मेलाहरू बढाउन आग्रह गरे ।

कार्यक्रममा स्टार्स स्कलर्स नेटवर्कका अध्यक्ष प्राडा उत्तम गौलीले विविधतापूर्ण नेटवर्कका माध्यमबाट उनीहरूको भविष्य निर्धारण गरी बजारमा स्थापित हुन सहयोग पुग्ने बताए । मेरो जबका संस्थापक तथा प्रबन्ध निर्देशक शैलेन्द्रराज गिरीले वैयक्तिक विवरण लेखन, अन्तर्वार्ता तथा सामूहिक छलफलको मूल्यमाथि केन्द्रित रहन मेला एक अवसर हुने बताए ।

स्वतन्त्र विद्युत् उत्पादक सङ्घ नेपालका कार्यकारी समिति सदस्य अभिज्ञा मल्लले वर्तमान उद्योगहरूको प्रभावकारी, उत्पादनशील र परिणाममुखी प्रकृतिका मागप्रति प्रत्येक विद्यार्थी सचेत हुनुपर्ने बताइन् । एडभान्स्ड कलेजका कार्यकारी निर्देशक कपिलदेव रेग्मीले एडभान्स्ड कलेज र उद्योगहरूबीच अनन्त सम्बन्ध कायम गर्न मेला आयोजना गरिएको बताए ।

सो कलेजका प्रिन्सिपल लोचनलाल अमात्यले आगामी दिनमा समेत उनीहरूको महŒवपूर्ण सहयोगको अपेक्षा गर्दै उनले यो भर्चुअल जब मेलाबाट उद्योगको माग अनुसार एडभान्स्ड कलेजका विद्यार्थीको सीप विकास गर्ने प्रयास रहेको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here