पीडा थुप्रै प्रकारका हुन्छन् । अमेरिकी वैज्ञानिकहरूले यसको वर्गीकरण गरेका छन् । क्रोनिक पेन अर्थात् लामो समयसम्म हुने पीडा ९ प्रकारका हुन्छन् । यो बुझ्न उनीहरूले बडी–पेन (शरीरको पीडा)को एउटा नक्शा तयार गरेका छन् ।

यसमाथि अनुसन्धान गर्ने पिट्सबर्ग युनिभर्सिटीका वैज्ञानिकको भनाइ छ– रोगीहरू यिनै ९ मध्ये एउटा पीडासँग जुझ्छन् । यो अध्ययन २१ हजार ५ सय व्यक्तिमाथि गरिएको हो ।

कुन पीडा खतरनाक हुन्छ, यो पत्ता लगाउन सकिन्छः शोधकर्ताका अनुसार कम्प्युटर क्लस्ट्रिङ एनालिसिसको माध्यमबाट शरीरका अलग–अलग भागमा हुने पीडाको विश्लेषण गरिएको थियो । यसलाई ९ भागमा बाँडेका थिए ।

यी भागमा हुने पीडाको मदतबाट यो बताउन सकिन्छ कि पीडा कति तीव्र थियो, पीडाले शरीरमा कस्तो असर गर्छ र यसको शरीरको क्रियाकलाप, व्यवहार र निद्रामा कस्तो असर पर्न सक्छ । जस्तै पिठ्यूँको तल्लो भागदेखि शुरू भएर घुँडासम्म पुग्ने पीडाले घाँटी र काँधको पीडाको तुलनामा बढी दुःख दिन्छ ।

यस्ता व्यक्तिलाई हिंड्डुल गर्न समस्या हुन्छ तर यसमा बेचैनी, अवसाद र निद्राको समस्या अन्य प्रकारका पीडा सहनेको तुलनामा कम हुन्छ । शोधकर्ताको भनाइ छ, क्रोनिक पेनलाई बेवास्ता गर्नुहुँदैन । यसले बिमारीको खतरा बढाउँछ । भविष्यमा यस प्रकारको पेन म्यापले यसको उपचारमा मदत गर्छ । लामो समयसम्म यस्तो दुखाइ भयो भने चिकित्सकसँग सल्लाह लिनुपर्छ । – प्रतीक डेस्क (एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here