प्रस, पर्सागढी, २७ साउन/

बहुदरमाई नगरपालिकाको सातौं नगरसभाबाट पारित आव २०७८/७९ को बजेट बुधवार नगरप्रमुख नितेन्द्र साह र उपप्रमुख गायत्रीदेवी यादवले संयुक्तरूपमा सार्वजनिक गरेका छन् ।

बहुदरमाई नपाको सभाहलमा सम्पन्न कार्यक्रममा नगरप्रमुख साह र उपप्रमुख यादवले चालू आव २०७८/७९ को लागि रु ७२ करोड ५२ लाख ६२ हजार ७२३ को अनुमानित बजेट सार्वजनिक गरेका हुन् ।

‘विकास र समृद्धिको आधार शिक्ष्Fा, स्वास्थ्य, कृषि र पूर्वाधारमा सुधार’ नाराका साथ आज बजेट सार्वजनिक गर्दै नगरप्रमुख साहले भौतिक पूर्वाधारतर्फ ३२ करोड ३१ लाख १४ हजार ७२३, सामाजिक विकासतर्फ ९ करोड २५ लाख, आर्थिक विकासतर्फ २६ लाख, वन तथा विपद् व्यवस्थापनतर्फ ५१ लाख ५० हजार, संस्थागत तथा सुशासनतर्फ ६ करोड २० लाख १० हजार, मरम्मत सम्भार कोषतर्फ ३० लाख, खेलकूद विकासतर्फ २ करोड ७ लाख ५० हजार, धर्म–संस्कृति प्रवद्र्धनतर्फ १७ लाख ५० हजार, सामाजिक सुरक्षा कार्यक्रमतर्फ ७ करोड ३६ लाख १३ हजार, खानेपानीफर्फ ५० लाख रुपैयाँ विनियोजन गरिएको बताए ।

नगरप्रमुख साहले सङ्घीय सरकारको सशर्त अनुदान १९ करोड ४० लाख रुपैयाँ रहेको जानकारी गराए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद उप्रेतीले स्वागत तथा सहजीकरण लेखाप्रमुख उपेन्द्र साह र हरिप्रसाद कुर्मीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here