नयाँ दिल्ली, २७ साउन/एएनआई

भारतमा कोरोना भाइरसबाट एकै दिनमा थप ३८ हजार ३५३ जना सङ्क्रमित भएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधवार जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामैं रहेकाको सङ्ख्या तीन लाख ८६ हजार ३५१ रहेको छ । सरकारी अधिकारीले दिएको जानकारी अनुसार सक्रिय सङ्क्रमितको यो सङ्ख्या १४० दिनयताकै सबभन्दा कम हो ।

थपिएका सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या बढी भएकोले सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको हो ।

पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या ४० हजार १३ रहेको छ । योसँगै भारतमा अहिलेसम्म तीन करोड १२ लाख २० हजार ९८१ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कुल सङ्क्रमितमध्ये अहिलेसम्म ९७.४५ प्रतिशत मानिस सङ्क्रमणमुक्त भएको छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाख ३६ हजार ५११ पुगेको सरकारी अधिकारीले जानकारी दिएका छन् ।

भारतमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ४९७ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कुल मृतकको सङ्ख्या चार लाख २९ हजार १७९ पुगेको छ ।

भारतमा कोरोना शुरू भएदेखि हालसम्म ४८ करोड ५० लाख ५६ हजार ५०७ व्यक्तिको कोरोना भाइरस परीक्षण भएको छ । हिजो मङ्गलवार एकै दिन १७ लाख ७७ हजार ९६२ व्यक्तिको कोरोना भाइरस परीक्षण भएको थियो ।

भारतमा गत जनवरी १६ देखि कोरोना भाइरसविरुद्ध खोप शुरू भएको थियो । सो समयदेखि हालसम्म कोरोना भाइरसविरुद्ध ५१ करोड ९० लाख डोज खोप लगाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here