लन्डन, २७ साउन/सिन्ह्वा

कोरोना महामारीमा थप शक्तिशालीरूपमा देखा परेको ‘इन्डियन कोभिड भेरिएन्ट’को सङ्क्रमण बेलायतमा पछिल्ला केही हप्तामा तीव्ररूपमा बढ्न थालेको छ ।

यहाँका अधिकारीले दिएको जानकारी अनुसार बेलायतमा पाँच महीनापछि सबैभन्दा धेरै नागरिकको कोभिडका कारण निधन भएको बताइएको छ ।

यहाँ गएको २४ घण्टामा १४६ जनाको यो सङ्क्रमणबाट निधन भएको छ । यो सङ्ख्या गएको मार्चको १२ तारिखपछिकै सबैभन्दा धेरै हो ।

उता अधिकारीले गत हप्ताको तुलनामा यसको सङ्क्रमण दुर्ई गुणाले बढेको तथ्याङ्कले देखाएको बताएका छन् । बेलायती स्वास्थ्य मन्त्रालयले मङ्गलवार मात्र यहाँ २४ घण्टामा १४६ जनाको कोरोनाका कारण ज्यान गएको बताएको छ । योसमेत गरी यहाँ अहिलेसम्म कोरोना भाइरसबाट एक लाख ३० हजारभन्दा बढीको ज्यान गएको छ । यहाँ पछिल्लो समयमा मृत्यु सङ्ख्या बढ्न थालेको बताइएको छ ।

कोरोनाविरुद्ध खोपका कारण इन्डियन भेरिएन्टबाट सुरक्षित हुन सतर्क रहन यहाँको सरकारले भनिरहेको छ । यहाँ सङ्क्रमणको दर पनि बढ्दै गएको देखिएको छ ।

स्वास्थ्य अधिकारीले गएको २४ घण्टामा यहाँ २३ हजारभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको छ ।

योसमेत गरी अहिलेसम्म यहाँ यो सङ्क्रमणबाट ६१ लाखभन्दा बढी सङ्क्रमित भएका छन् । बेलायत सरकारले कोरोनाविरुद्ध खोप कार्यक्रमलाई पनि प्राथमिकतामा राखेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here