हावाहुरी र पानीले धानखेती प्रभावित

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, सेढवा, १७ भदौ/
गएराति हावाहुरीसँगै परेको पानीले जीराभवानी गाउँपालिकालगायतका क्षेत्रमा भदैया मन्सुली धानलाई क्षति पु¥याएको छ ।
धानको बाला निस्केर दाना लागेको बाली गएरातिको हावाहुरी र पानीले ढालेको छ । जीराभवानी गापा–२ सेढवा निवासी अमृत चौधरीले धान ढलेको
हुँदा उत्पादनमा केही कमी हुने बताए । उनले बाला लागेको धान ढलेपछि सप्रने सम्भावना क्षीण हुने र धान कुहिने भएकोले उत्पादन घट्न सक्ने बताए ।
उनले जीराभवानीसमेत जगरनाथपुर, पटेर्वासुगौलीमा पनि किसानहरूले समान समस्या भोग्नुपरेको बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।