प्रस, सिम्रौनगढ, २६ साउन/
बारा जिल्लाको प्रसिद्ध ऐतिहासिक, पर्यटकीय एवं धार्मिकस्थल सिम्रौनगढस्थित रानीवास रामजानकी मन्दिरको भित्तामा कोरिएको मिथिला एवं तिरहुतिया संस्कृति झल्काउने पौराणिक कथामा आधारित चित्रकलाहरू मन्दिर रङ्गरोगन गर्ने क्रममा मेटिएका छन् ।
वीरगंजस्थित गुठी संस्थानद्वारा भएको मन्दिर रङ्गरोगन कार्यमा ती चित्रकला मेटिएका हुन् । पुराताŒिवक नियम अनुसार जुन शैलीमा जेजस्तो अवस्थामा रहेको आवरणलाई पुनः सोही शैलीमा निर्माण गर्नुपर्ने भएपनि रङ्गरोगन भएको धेरै दिन भइसक्दा पनि अझैसम्म सो चित्रकला कोरिएको छैन ।
मिथिला एवं तिरहुत संस्कृति झल्काउने पौराणिक कथामा आधारित चित्रकला हेर्न पर्यटकहरू मुख्यरूपमा रमाउने गर्दथे । सिम्रौनगढमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरू आधा/एक घण्टासम्म यही चित्रकला हेर्न झुम्मिने गर्दथे ।
गुठी संस्थान वीरगंजका प्रमुख चूडामणि घिमिरेले छिट्टै बजेट निकासा गरेर सो चित्रकला बनाउनेतर्फ पहल भइरहेको बताए ।
मिथिला र तिरहुत संस्कृति झल्काउने पौराणिक कथामा आधारित चित्रकलाहरू मन्दिरमा विसं १९७७ मा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाका छोरा जीतजङ्ग जबराले निर्माण गराएको सिम्रौनगढ क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिले जनाएको छ ।