पोखरियामा एक महिलासहित ३५ जनाद्वारा रक्तदान

प्रतीक दैनिक पिडिएफमा पढ्नुहोस्

प्रस, पोखरिया, १७ भदौ/
पोखरिया नगरपालिकामा रहेको वनकटवा युवा उत्थान समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा एकजना महिलासहित ३५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र वीरगंजका प्राविधिक जितेन्द्र कुशवाहाले बताए ।
रक्तदान कार्यक्रममा ममता पटेल, वीरेन्द्र पटेल, बृजु साह, विराज पटेल, नवराज गिरी, विरन बैठा, गेनालाल ठाकुर, सुरज चौहान, अशोक पटेल, श्याम ठाकुर, भोला गिरीलगायतले रक्तदान गरेको प्राविधिक कुशवाहाले बताए । समितिका अध्यक्ष हृदयनारायण कुर्मीको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभा सदस्यद्वय प्रह्लाद गिरी, मन्जुर अन्सारी, संविधानसभा सदस्यद्वय प्रद्युम्न चौहान, रामेश्वर रौनियार, नेरेसो पर्साका कोषाध्यक्ष महन्त यादव, पोखरिया उपशाखाका सभापति भगवान कुर्मी, नेपाल शिक्षक महासङ्घ पोखरियाका अध्यक्ष पर्वत ठाकुरलगायतको सहभागिता थियो ।

प्रतिक्रिया लेख्नुहोस्

सिफारिस

वेबसाइटमा निर्माण कार्य भइरहेको छ ।

भिजिट गरिरहनु होला ।