प्रस, गरुडा, २६ साउन/
बज्जिका भाषाका साहित्यकार श्याम सहनी चन्द्रांशुलाई पत्नीशोक परेको छ । रौतहटको गरूडा नगरपालिका–३ मलाहीका निवासी चन्द्रांशुकी धर्मपत्नी पुनकलादेवी सहनीको ४३ वर्षको उमेरमा देहावसान भएको हो ।
केही दिनदेखि वीरगंजस्थित नेशनल मेडिकल कलेजमा श्वासप्रश्वाससम्बन्धी समस्याको उपचार गराइरहेकी सहनीको उपचारकै क्रममा सोमवार बिहान करीब तीन बजे देहावसान भएको पारिवारिक स्रोतले जनाएको छ । मृतक सहनीको सोमवार नै रौतहटको समनपुरस्थित बागमती नदीमा अन्तिम संस्कार गरिएको छ । सहनीका दुर्ई छोरा र दुर्ई छोरी छन् ।
पत्नीको देहावसान भएपछि साहित्यकार सहनी आफैं किरिया बसेका छन् । नेकपा एमालेको गरुडा नगर अध्यक्षसमेत रहेका सहनीले केही दिनपछि जेठो छोरालाई विधिपूर्वक किरियापुत्री बसाउने बताएका छन् ।