- मधुकर अधिकारी
वाशिङ्टन डिसी, २६ साउन/रासस
नेपालका सडकमा प्रायः रहिरहने खाल्डाखुल्डीलाई छिचोल्दै र आफ्नो ज्यानलाई हत्केलामा राखेर गाडी चालकले पूर्व काँकडभिट्टादेखि पश्चिम महाकालीसम्म गुड्ने ट्रकको कथालाई एक अमेरिकीले वृत्तचित्र (डकुमेन्ट्री)मा समेटेका छन् । “ट्याटुड ट्रक्स अफ नेपाल– हर्न प्लिज” नाम दिइएको उक्त वृत्तचित्रमा नेपालको पारवाहन क्षेत्रको एक महŒवपूण साधन मानिएको ट्रक र ५७ वर्षअघिको नेपालको सडकको कथा छ ।
साथै नेपालमा भन्ने गरिएको ट्रक साहित्य र ट्रक सजाउन प्रयोग भएका कला र आकृतिलाई पनि नेपालको संस्कृतिसँग तुलना गरिएको छ ।
साँघुरा घुम्तीहरूमा उकालो ओरालो मापन गर्दै स्टेरिङ घुमाउन खप्पिस चालकहरूको आनीबानीदेखि भोगाइसम्मलाई यो वृत्तचित्रमा समेटिएको छ । करीब ५७ वर्षअघि यस्तै एक ट्रकको पछाडि बसेर काठमाडौंबाट चितवनको नारायणगढ उत्रिएका २३ वर्षीय अमेरिकी रन र्यान्सनले तयार पारेको उक्त वृत्तचित्रले सडकभित्रका यी अनेक कथालाई मात्र समेटेको छैन, यसले नेपालका बहुआयामिक सांस्कृतिक र सामरिक पाटोका साथै सामाजिक, आर्थिक विषयलाई समेत यसमा उनेको छ ।
त्रिशूली नदीको किनारै किनार निष्पट्ट अँध्यारो रातलाई छिचोल्दै र चालकको अड्कलबाट घुम्तीहरू काट्दै तथा कालो धूवाँको मुस्लो छोड्दै कुद्ने मालवाहक ट्रकको कथा आफैंमा रोमाञ्चक छ । त्यसमाथि अनेकन पात्र र प्रवृत्तिका मानव समुदायको बसोबास रहने काठमाडौं जान आवश्यक सामान पिठ्यूँमा बोकेर लम्किएका मानिस र ट्रकका कथाहरूलाई तिनका चालक र सहयोगीहरूका दैनिकी पनि निकै रोमाञ्चकरूपमा यस वृत्तचित्रमा समेटिएका छन् । मानिसका यी चुनौतीमाथि सडकको कहालीलाग्दो अवस्था त जोडिएकै छ ।
अहिले पनि पहिलोपटक यात्रा गर्नेहरूका लागि यो जोखिमपूर्ण यात्रा नै हो । त्यसमाथि आधा शताब्दीअगाडि राजधानी जोड्ने एकमात्र राजमार्ग कस्तो थियो होला ? अहिले त सहजै अनुमान गर्न पनि सकिन्न । यस्तै विषयहरूको व्याख्या भोलिको पुस्तालाई रोमाञ्चक इतिहास बन्न सक्छ । यो वृत्तचित्रमा त्यस बेलाको परिस्थिति र अवस्थालाई त्यसैगरी पस्किएका छन्, रनले।
अमेरिकामा कला र नाटक अध्यापन गराउने उनको नेपालसँगको सम्बन्ध र पछि नेपाली भूमिप्रति बढ्दै गएको मोह पनि कम रोचक छैन । सन् १९६४ मा एउटा पिस क्रप्स स्वयंसेवकको रूपमा जोडिएको नेपालको साइनो अहिले आएर वृत्तचित्रमा उतार्न पाउँदा उनी खुशी छन् । कुराकानीको क्रममा पटकपटक उनले यो प्रयास आफ्नो जीवनकै महŒवपूर्ण उपलब्धि भएको टिप्पणी पनि गरे ।
आफ्नो विगतबारे स्मरण गर्दै उनले नेपालको बहुआयामिक पाटोका बारेमा चर्चा गरेका छन् । सन् १९६४ मा जब उनलाई अमेरिकी सरकारको पिस क्रप्सका प्रतिनिधिले विभिन्न देशको नाम दिए, उनले नेपाल नै रोजे । जब उनलाई नेपालको बारेमा जानकारी दिंदै ती अधिकारीले सोधे त्यसपछि आफूमा ऊर्जा आएको अनुभव रनको छ । आजभन्दा ५७ वर्षअघिको स्मरण गर्दै उनले भने, “मलाई नेपालको बारेमा जानकारी थिएन, तसर्थ मैले एटलस (विश्वमान चित्रको जानकारी दिने पुस्तक) पल्टाएर नेपाल देश खोजें । एउटा सानो भूगोल भएको यो देशमा मलाई ऊर्जा दिने धेरै कुरा भेटें । त्यसपछि नै नेपाल जाउँजाउँ लाग्यो ।”
उनले जब नेपाल जाने भनेर मनस्थिति बनाए, त्यसपछि नेपालबारे पाएसम्मको जानकारी लिने प्रयत्न गरे । नेपाल दुर्ई वर्ष बसेर नेपाली परिवेशलाई पछ्याउँदै आफ्नो स्वयंसेवी सेवामा योगदान पु¥याएका रनलाई साँच्चै नै नेपालले मोहनी लगायो । त्यसपछि उनी धेरैपटक नेपाल पुगेका छन् । अमेरिकाबाट १० हजार माइल टाढा रहेको नेपालका बारेमा अझै कतिपय अमेरिकीलाई पर्याप्त जानकारी पनि छैन । तर पाँच दशकदेखि जोडिएका रनले भने नेपालको कला संस्कृतिको समेत जानकारी दिने गरी कथा लेख्ने र त्यसलाई वृत्तचित्रमा उतार्न सक्नु उनको क्षमता र लगाव दुवै हो ।
नेपाल पुगेर उनले त्यो बेला भर्खरै बस्ती बस्दै गरेको चितवनको नारायणगढमा रहेको चितवन हाईस्कूलमा स्वयंसेवक शिक्षकको रूपमा काम गरे । त्यो बेलादेखि नै अमेरिकी स्वयंसेवकहरूले शैक्षिक रूपान्तरणको लागि शिक्षक स्वयंसेवकहरूले खेलेको भूमिकाको बारेमा चर्चा गर्दै हालसालै अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले भनेका थिए, “७० वर्षअगाडि नै अमेरिकीहरू गएर स्वयंसेवी भावका साथ शिक्षा स्वास्थ्यको क्षेत्रमा निर्वाह गरेका भूमिकाले नै नागरिकस्तरको सम्बन्ध मजबूत बनाउन महŒवपूर्ण भूमिका खेलेको थियो ।”
डा खतिवडाको विचारमा बल दिने गरी रन भन्छन्, “त्यो बेला एक त छात्राहरूको सङ्ख्या कम हुने त्यसमा पनि नाटक खेल्न छात्राहरूलाई स्टेजमा पु¥याउनु भनेको क्रान्तिकारी कदम नै थियो तर मैले त्यो कदमलाई मूर्तरूप दिन सफल भएको थिएँ ।”
“अभिभावक र शिक्षकहरूको समेत समन्वयमा छात्राहरूको आत्मबल बढाउन गरिएको त्यो कामले अहिले पनि मलाई निकै खुशी लाग्छ,” आठ दशकको उमेर पार गरिसकेका रनले उत्साहित हुँदै आफ्नो अनुभूति सुनाए । रन जस्तै तीन हजार ८८० जनाले अमेरिकाबाट अर्काे गोलाद्र्धमा रहेको नेपाल पुगेर आफ्ना ज्ञान र सीपमार्फत सामाजिक रूपान्तरणमा महŒवपूर्ण योगदान पु¥याउन सफल भइसकेका छन् ।
नेपाली माटो र कथालाई वृत्तचित्रमा उतार्न सफल रन अहिले यसैमा दङ्ग छन् । नेपाल जस्तो एक भूपरिवेष्टित देशको विकासको महŒवपूर्ण आधार नै सडक हो र त्यही सडकमा दौडिरहने ट्रक एक महŒवपूर्ण साधन हो । ती ट्रकमा कोरिएका चित्रहरूले ट्रकको सुरक्षा, भावना, आध्यात्मिक चेत, नेपाली परम्परा, पारिवारिक सम्बन्धदेखि ट्रक साहित्यसम्म देख्न पाइएको उनको अनुभव छ ।
ट्रकमा लेखिएको शायरीदेखि आन्तरिकरूपमा सजावटका लागि प्रयोग भएका विभिन्न वस्तुलाई वृत्तचित्रमा उतारेर नेपाली कला संस्कृतिलाई अमेरिकासम्म पु¥याउन उनले महŒवपूर्ण भूमिका निर्वाह गरेका छन् ।
ट्रकमा उतारिएका विभिन्न देवीदेवताका विभिन्न रूपका चित्रहरूले पनि नेपाल कला संस्कृतिमा धनी भएको सन्देश दिएको विषय पनि वृत्तचित्रमा समेटिएको छ । परापूर्वकालदेखि अहिलेसम्म नेपाली परिवेशमा हिन्दू र बुद्ध धर्मका देवीदेवताको आकृति झल्कने वास्तुकला, काष्ठकलाले पनि नेपाललाई बहुसांस्कृतिक र बहुआयामिक पहिचान दिलाएको चर्चा पनि सो वृत्तचित्रा गरिएको छ ।
वास्तुकलाको प्यागोडा शैलीका बारेमा व्याख्या गर्दै सो¥ह सय वर्षअगाडिको वास्तुकलालाई त्यसभित्र अटाउन सफल भएको छ । त्यसमा हिन्दू देवीदेवताको चाडपर्व अनुसारको रूप र कलाबारे समेत चर्चा गरिएको छ । अमेरिकी समाजमा ट्याटुको लोकप्रियता अत्यधिक छ । त्यसलाई समेत आकर्षण बनाएर दर्शकहरूमाझ पु¥याउने अभिप्रायले रनले ट्याटुड ट्रक्सको शीर्षक छनोट गरेका देखिन्छ । यसले वृत्तचित्रको माध्यमबाट दुर्ई देशबीचको नागरिक तहको सम्बन्धमा इँटा थप्ने काममा योगदान पुगेको धेरैले महसूस गरेका छन् ।
वृत्तचित्रभित्र नेपालमा पहिलोपटक भीमफेदीबाट बोकेर ल्याइको भनिएको मोटरदेखि शुक्रपथको ७० वर्षअगाडिको अवस्था र मानिसको चहलपहल वृत्तचित्रमा समावेश गरिएको छ । पाँच वर्षभन्दा लामो समय लगाएर बनाइएको वृत्तचित्र निर्माणका लागि फोटोग्राफर तथा इतिहासकार सुदर्शन कार्कीसँग सहकार्य गरेका रनलाई सहलेखकका रूपमा निकोला र्यान्सनले सहयोग गरेका छन् ।
जेजे मिजर र होल्डन सिस्कोको सम्पादनमा निर्माण भएको वृत्तचित्रमा केन केबो, दावा ग्याञ्जेन, डयाल्यान केबो, तोपग्याँस लामाले सहयोग गरेका थिए ।
केही साताभित्र लोकार्पण गर्न लागिएको वृत्तचित्रलाई विभिन्न चलचित्र महोत्सवमा प्रदर्शन गरिने र एयरलायन्सहरूसँग सहकार्य गरेर यात्रामा देखाउन पहल गरिने योजना रहेको रनले जानकारी दिए ।