प्रस, वीरगंज, २५ साउन/

प्रतीक प्रकाशन समूह प्रालिले प्रदान गर्दै आएको सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार यस वर्ष बारा, पथलैयाका फोटोपत्रकार दिवाकर भण्डारीलाई प्रदान गर्ने निर्णय भएको छ ।

समूहकी अध्यक्ष बिन्दु शर्माको अध्यक्षतामा साउन २५ गते बसेको बैठकले यस वर्षदेखि रु ३५ हजार राशिको सुबोध स्मृति फोटो पत्रकारिता पुरस्कार फोटोपत्रकार भण्डारीलाई दिने निर्णय गरेको व्यवस्थापक/सम्पादक विकाश शर्माले बताए ।

२०६५ सालमा रु १० हजार राशिबाट यो पुरस्कार शुरू भएको र यसअघि वीरगंजका १३ जना फोटोपत्रकारलाई यो पुरस्कार प्रदान गरिसकिएको छ । भदौ १ गते प्रतीक दैनिकको ३५औं वार्षिकोत्सवमा यो पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी, समूहको बैठकले यस वर्ष सम्पादक प्रताप श्रेष्ठ र स्तम्भकार शीतल महतो तथा प्रतीक कर्मचारी महेश रामलाई पुरस्कृत गर्ने निर्णय गरेको छ । रु १५ हजार राशिबाट सम्पादक श्रेष्ठ, रु १० हजार राशिबाट स्तम्भकार महतो र रु ५ हजार राशिबाट कर्मचारी रामलाई पुरस्कृत गरिनेछ । यो पुरस्कार पनि प्रतीक दैनिकको भदौ १ गते वार्षिकोत्सवमा प्रदान गरिने व्यवस्थापक/सम्पादक शर्माले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here