प्रस, रौतहट, २५ साउन/
जिल्ला प्रहरी कार्यालय रौतहटले ९ लाख ९३ हजार नेपाली नक्कली नोटसहित तीनजनालाई पक्राउ गरेको छ ।
प्रहरी चौकी मठिया, महुलियाको टोलीले इशनाथ नगरपालिका–४ काली मन्दिरनजीक चेकजाँच गर्ने क्रममा भारतबाट पैदल आउँदै गरेका धनुषा जिल्ला बटेश्वर गापा–४ बस्ने ३८ वर्षीय शत्रुघ्न बरही ठाकुर, महोत्तरी जिल्ला बर्दिबास नपा–९ बन्दरापशुपतिनगर बस्ने ३० वर्षीय रञ्जीत महतो र सोही जिल्लाको भङ्गाहा नगरपालिका–४ प्रेमनगर बस्ने २५ वर्षीय दीपेन्द्रकुमार महतोबाट नक्कली नेपाली नोट बरामद भएको जिप्रका रौतहटले जनाएको छ ।
चेकजाँचको क्रममा हजार रुपैयाँका जाली नोट बरामद भएपछि तीनैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिप्रका रौतहटले जनाएको छ ।