प्रस, पर्सागढी, २३ साउन/

बहुदरमाई नगरपालिका शनिवार पूर्ण खोप नगरपालिका घोषणा भएको छ ।

वडा नं २ पिपरास्थित बहुदरमाई मन्दिरमा आयोजित कार्यक्रममा नगरप्रमुख नितेन्द्र साहले नगरपालिकालाई पूर्ण खोप नगरपालिका घोषणा गरेका थिए । सो अवसरमा उनले नगरपालिकाका नौवटै वडामा जन्मेदेखि २३ महीनाका बालबालिकालाई १३ थरीका विभिन्न खोप दिने कार्यमा संलग्न स्वयंसेविकाहरूलाई विशेष धन्यवाद दिए । उनले बालबालिकाहरूलाई आवश्यक सबैखाले खोप दिएर ती रोगमुक्त बनाउने प्रयास भएको बताए । नले पूर्ण खोप नगरपालिका घोषित भएपनि अबका दिनमा पनि नगरका बालबालिकाहरूलाई खोप लगाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे ।

घोषणा कार्यक्रममा उपप्रमुख गायत्रीदेवी यादव, राजनीतिक सल्लाहकार राजदेव साह, निमित्त प्रशासकीय अधिकृत विदुर उप्रेती, लेखापाल हरि पटेल, महिला तथा बालबालिका अधिकृत पार्वती पौडेल, स्वास्थ्य प्रमुख वीरेन्द्र साह, स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत पशुपति यादव, प्रदीप गिरी, वडाध्यक्ष प्रमोद यादव, केदार तिवारी, लालबाबू साह, हरेराम साहलगायतको सहभागिता थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here