प्रस, निजगढ, २३ साउन/
निजगढमा अन्तर्राष्ट्रिय मान्यताप्राप्त किवानिज क्लबको शनिवार पदभार ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
क्लबको अध्यक्ष विनोदकुमार भारती, अध्यक्षमा निर्वाचित दीपेन्द्र श्रेष्ठ, सचिव पवन श्रेष्ठ, कोषाध्यक्ष गङ्गाप्रसाद उप्रेतीसमेत २१ सदस्यीय कार्यसमिति रहेको छ ।
शपथग्रहण कार्यक्रमपछि अध्यक्ष भारतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका गभर्नर मोहन लम्सालले इन्टरनेशनल मान्यताप्राप्त क्लब रहेको बताउँदै स्थापनाकालदेखि विश्वभरि बालबालिकाहरूको क्षेत्रमा काम गर्दै आइरहेको र नेपालमा पनि सोही उद्देश्यका साथ कार्य भइरहेको बताए । उनले पहिलो विश्वयुद्धको बेला क्लब गठन भएको र हाल विश्वभरि यसका ८ हजार ६३० वटा शाखा रहेको बताए । उनले क्लबको विस्तार अन्य राष्ट्रमा हुने क्रम जारी नै रहेको बताए ।
कार्यक्रममा किवानिज इन्टरनेशनलका भरत ढुङ्गेल, मास्टर टे«नर सञ्जीव पाण्डे, पत्रकार गोकुल घोरसाइने, युथ अफ निजगढका अध्यक्ष इराज कोइराला, समाजसेवी बेनीबहादुर मोक्तान, वासुदेव तिमल्सिनालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । क्लबको नेपालमा मात्र ८७ वटा शाखा रहेको र दुई हजारभन्दा बढी सदस्य रहेको बताइएको छ । कार्यक्रमको सहजीकरण खड्गप्रसाद उप्रेतीले गरेका थिए ।