People walk at a shopping area of Shinjuku during the state of emergency in Tokyo, Japan, July 26, 2021. REUTERS/Androniki Christodoulou

लन्डन/

बेलायतमा फेरि पनि कोभिड–१९ का सङ्क्रमितहरूको सङ्ख्या बढ्न थालेको बताइएको छ ।

पछिल्लो समाचार अनुसार बेलायतमा गएको २४ घण्टायता मात्र ३० हजारजनाभन्दा बढी व्यक्ति सङ्क्रमणमा परेका हुन् । यहाँ गएको २४ घण्टामा ३० हजार ९८८ जना कारोना भाइरसका नयाँ सङ्क्रमित फेला परेका छन् ।

यो सङ्ख्या बेलायतमा भेटिएका कोरोनाका सङ्क्रमितहरूको पछिल्ला केही दिनयताको भन्दा धेरै भएको यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन् । यहाँ अहिलेसम्मका सङ्क्रमितको सङ्ख्या ५९ लाख ८२ हजार १५२ पुगेको छ । त्यसैगरी, गएको २४ घण्टायता यहाँका कम्तीमा पनि ८६ जनाको कोरोनाकै कारण ज्यान गएको बताइएको छ ।

यहाँ पछिल्ला केही दिनमा ठूलो सङ्ख्यामा सङ्क्रमण देखिएकाले अबका केही दिनमा यहाँ सङ्क्रमितको सङ्ख्या बढ्दै जाने हो कि भन्ने डर बढेको पाइएको छ । उता अमेरिकामा पनि पछिल्लो समयमा कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको देखिएकाले यहाँको सरकारले जनस्वास्थ्यका मापदण्डहरूमा कडाइ गर्ने जनाएको छ ।

पछिल्ला केही समयमा यसको सङ्क्रमण बढेपछि कतिपय राज्यहरूमा मास्क लगाउन अनिवार्य पनि गरिएको छ । त्यसैगरी, कतिपय अस्पतालमा कोभिडका सङ्क्रमितहरू बढेका समाचारहरू पनि आइरहेकाले सरकारले आवश्यक थप तयारी थालेको पनि बताइएको छ ।

अमेरिकी संस्था ‘सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन’ले आगामी चार हप्तामा अमेरिकामा कोभिडका सङ्क्रमितहरू बढ्न सक्ने बताएको छ । सो संस्थाले आगामी चार हप्तामा यहाँका अस्पतालहरूमा भर्ना हुने दर बढ्ने तथा उपचारका लागि आएका व्यक्तिहरूको मृत्युको दर पनि बढ्न सक्ने अनुमान गरेकाले सरकारले थप तयारी थालेको बताइएको हो ।

उक्त संस्थाले बुधवार प्रकाशन गरेको विज्ञप्तिमा कोभिडको सङ्क्रमण अबका चार हप्तामा बढ्न सक्ने देखिएकाले यसको नियन्त्रणका लागि जनस्वास्थ्यका मापदण्डहरू अपनाउन सबै नागरिकमा अपील पनि गरेको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here