प्रस, सिम्रौनगढ, २१ साउन/

बाराको सिम्रौनगढ नगरपालिका– ५ टोल कनकपुरस्थित पजनिया पोखरीका माछा बिहीवार बिहानदेखि एक्कासि मरेका छन् ।

गर्मीले  पोखरीमा अक्सिजनको कमी भएपछि माछाहरू मर्न थालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पोखरीमा सिल्भर, बिगहेड, इजराइल, ग्रास र भकुरा जातका माछा मरेर आठ लाख मूल्यबराबरको क्षति भएको स्थानीय नागेन्द्र महतो नुनियाले बताए । बिहान माछा मरेपछि टोलका मानिसहरूले मरेको माछा घर लगेका थिए ।

पोखरीको ठेक्का लिएका जगदेव महतोले माछा नमरून् भनेर अक्सिजनको व्यवस्था गरेका थिए । महतोले रु ३५ लाखमा ठेक्का लिएको र अहिले माछा मरेर रु आठ लाखभन्दा बढीको क्षति भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here