प्रस, वीरगंज, १६ भदौ/
    नारायणी सिंचाइ व्यवस्थापन कार्यालय बहुअरी मातहतको जीवन्त शाखा नहर ब्लक–२ को उपभोक्ता समितिले रु २५ करोडको हिसाब लुकाएको स्थानीयले आरोप लगाएका छन्।
    विश्व बैंकको सहयोगमा नेपाल सरकारद्वारा सञ्चालित सिंचाइ तथा जलस्रोत व्यवस्थापन योजनाको बजेट हिनामिना भएको स्थानीयको आरोप छ। किसानहरूले सवारी र यान्त्रिक उपकरणमा पनि बजेटको चरम दुरुपयोग भएको आरोप लगाएका छन्।
    पर्सा, बारा, रौतहटका ३७ हजार ४ सय हेक्टर जग्गा सिंचाइको लागि गण्डक नहरको निर्माण भएको हो। ५ दशक पहिले बनेको यस नहरबाट पूर्वी क्ष्Fेत्रमा अहिलेसम्म लक्ष्य अनुसार सिंचाइ हुन सकेको छैन। तर सरकारले बर्सेनि सिंचाइमा करोडौं रकम खर्च गरिरहेको छ। गण्डक सिंचाइ नहरका आधा दर्जन शाखा नहरहरू छन्। तीमध्ये ब्लक नं. २ मा १५ वटा शाखा नहर छन् भने कुल सिंचाइको एक तिहाइ जग्गा यो ब्लकबाट सिञ्चित हुने गरेको छ।
    २९०० हेक्टर जमीन सिञ्चित गर्ने गण्डक सिंचाइ नहरको ब्लक नं. २ मा ११९ वटा टर्सरी छन्। जसबाट  फुलवरिया, चिलझप्टी, बसन्तपुर, मुर्ली, हरिहरपुर, भेडिहारी, लहावरथकरी, खेस्राहF र सबैठवा गाउँका खेतको सिंचाइ हुन्छ। ब्लक नं. २ मा लागू भएको योजना कार्यान्वयनको लागि नारायणी सिंचाइ प्रणाली जल उपभोक्ता संस्था क्रियाशील छ। किसानले कुसुमीदेवी कलवारलाई यसको अध्यक्ष चुनेका छन्। तर कुसुमीदेवीमाथि उनका पति दिनेशप्रसाद कलवारलाई आफूखुशी संस्था चलाउन दिएको आरोप छ। यो संस्थाको हरिहरपुरमा कार्यालय छ तर त्यसलाई बन्द गरी दिनेशले मुर्लीस्थित घरबाट ब्लक सञ्चालन गर्दै आएका छन्।
    संस्थाका दुईवटा एक्साभेटर, दुईवटा ट्याक्टर उनले आफ्नै घरमा राखेका छन्। ब्लक अन्तर्गत टर्सरी नहरबाट सिंचाइका लागि पानी उपभोग गर्ने किसानहरू बर्सेनि रसीद कटाएर सदस्य बन्छन्। तिनै सदस्यहरूले कार्यसमिति चयन गर्छन्। कुसुमीदेवी पाँच वर्षदेखि अध्यक्ष छिन् तर अहिलेसम्म आम्दानी, खर्चको विवरण सार्वजनिक गरेकी छैनन्। किसानहरूले यसको खोजी शुरू गरेपछि नारायणी सिंचाइ व्यवस्थापन कार्यालयले तथ्य लुकाइरहेको किसानहरूको आरोप छ।
    कुसुमीदेवीका पति दिनेशप्रसाद कलवार भने राजनीतिक प्रतिशोधमा रहेका किसानहरूले गलत आरोप लगाएको बताउँछन्। उनले ब्लक नं. २ सिंचाइ क्षेत्रमा नेपालमैं अब्बल भएको दाबी गर्छन्। कोरोना सङ्क्रमणको कारण अहिले नयाँ सदस्यता वितरण नभएको र निर्वाचन हुन नसकेको उनले बताए।
    नारायणी सिंचाइ व्यवस्थापन कार्यालयका प्रमुख डिभिजनल इन्जिनीयर राजेन्द्रप्रसाद साहले ब्लक नं. २ को उपभोक्ता संस्थामा अनियमितता नभएको बताए। उनले राजनीतिक प्रतिशोधबाट आरोप लगाइएको बताए। संस्थाको हरहिसाब मिलेको उनले प्रतिक्रिया दिएका छन्।
    कालिकामाई गापा–३ का अध्यक्ष सञ्जयकुमार पटेलले सिंचाइ उपभोक्ता संस्थाको विषय कार्यपालिकाको बैठकमा उठेको बताएका छन्। उनले तोकिएको ठाउँबाट सेवा प्रवाह नभएकोमा धेरैले गुनासो गरेको पनि बताए।
    अर्का वडाध्यक्ष्F पवन तिवारीले नारायणी सिंचाइ व्यवस्थापन कार्यालयको भूमिका नै संदिग्ध रहेको प्रतिक्रिया दिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here