प्रस, बिरुवागुठी, २१ साउन/

पर्सागढी नगरपालिकालगायत ग्रामीण भेगमा लामखुट्टेको प्रकोप देखा परे तापनि स्थानीय निकायले चासो देखाएको छैन । अत्यधिक गर्मी तथा वर्षाको कारण पर्साका ग्रामीण भेगमा विगत केही वर्षदेखि लामखुट्टेको प्रकोप बढेको छ ।

ग्रामीण भेगमा भाइरल ज्वरोको साथै लामखुट्टेको प्रकोप बढेपछि स्थानीयवासी त्रसित छन् । लामखुट्टेको कारण पुनः डेङ्गु रोग लाग्ने भन्दै स्थानीयवासीले गुनासो गरे । डेङ्गु रोगको जोखिम न्यूनीकरणको लागि पर्साका कुनै पनि स्थानीय निकायले चासो देखाएका छैनन् । लामखुट्टे नियन्त्रण गर्न औषधि छर्नेलगायतका काम पनि नगरेको स्थानीयवासीले बताए ।

फोहर पानी जम्मा हुने स्थान वा फोहरवस्तु नष्ट गर्ने कार्य तथा लामखुट्टेबाट हुने रोग नियन्त्रणका लागि जनचेतनामूलक कार्यक्रम गर्नुपर्ने पर्सागढी नगरपालिका–३ निवासी दिनदयाल दहालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here