प्रस, वीरगंज, २१ साउन/

लागूऔषधसहित पर्सा प्रहरीले तीनजनालाई पक्राउ गरेको जिप्रका पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

बुधवार दिउँसो वीरगंज–१६ शङ्कराचार्यद्वारबाट ना.४१प ६८४४ नम्बरको स्कूटी चेक गर्दा डिक्कीभित्रबाट डाइजेपाम, नुर्पिmन, फेनारगन ३०/३० एम्पुल गरी ९० एम्पुल बरामद भएको बताए । डिक्कीबाट लागूऔषध बरामद भएपछि मोटरसाइकल चालक काठमाडौं महानगरपालिका–४ सीतापाइला भीमढुङ्गा बस्ने ३२ वर्षीय विमल श्रेष्ठ र स्कूटी पछाडि बस्ने मकवानपुर, हेटौंडा उपमहानगर–११ थाना भञ्ज्याङ, सिमलटार बस्ने २१ वर्षीय डेनियल तामाङलाई पक्राउ गरिएको उनले बताए ।

यसैगरी, आज दिउँसो २ः३० बजे वीरगंज महानगर–१६ बसपार्कबाट ओनरेक्स सय एमएलको २३१ बोतलसहित वीरगंज महानगर–९ रामटोल बस्ने ४५ वर्षीय जितेशप्रसाद श्रीवास्तवलाई पक्राउ गरिएको प्रवक्ता खनालले बताए । शङ्का लागि निजले बोकेको दुईवटा झोला चेकजाँच गर्ने क्रममा सो लागूऔषध बरामद भएको उनले जानकारी गराएका छन् ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको र कसूर अनुसारको मुद्दा चलाइने प्रवक्ता खनालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here