प्रस, वीरगंज, २१ साउन/
नारायणी अस्पतालको पिसिआर प्रयोगशालाले बिहीवार तीनजना सङ्क्रमित पुष्टि गरेको छ ।
अस्पतालका कोभिड संयोजक डा उदयनारायण सिंहले ५० जनाको स्वाब परीक्षण गर्दा पर्साका दुई, बाराका एक जना गरी तीनजना सङ्क्रमित पुष्टि भएको बताए । तीनैजना सङ्क्रमित पुरुष भएको र उनीहरूको उमेर २९ देखि ४७ वर्ष रहेको डा सिंहले जानकारी गराए । यसअघि, बुधवार ७० जनाको स्वाब परीक्ष्Fण गर्दा पर्साका एकजना सङ्क्रमित पुष्टि भएको उनले बताए ।