प्रस, वीरगंज, २१ साउन/
सामुदायिक सेवा केन्द्र मुर्ली श्रीपुरको आयोजनामा बिहीवार सम्पन्न रक्तदान कार्यक्रममा तीनजना महिलासहित ३२ जनाले रक्तदान गरेको सामुदायिक प्रहरी सेवा केन्द्र मुर्ली श्रीपुरका प्रहरी हवल्दार रविकुमार सिंहले बताए ।
मुर्लीचोकमा आयोजना गरिएको रक्तदान कार्यक्रमको उद्घाटन नगरप्रमुख विजयकुमार सरावगीले गरेका थिए । उद्घाटन समारोहमा प्रहरी उपरीक्षक बेलबहादुर पाण्डे, वडाध्यक्ष प्रद्युम्न सेढाईं, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक दिनेश गौतम, सामुदायिक सेवा केन्द्र श्रीपुरका सचिव दिलीप प्रधानलगायतको सहभागिता थियो ।
कार्यक्रममा गीता चौहान, प्रेम राजभण्डारी, चन्द्रवीर चौधरी, राकेश श्रेष्ठ, हृदय यादव, सन्तोष पाण्डेलगायतले रक्तदान गरेको हवल्दार सिंहले बताए ।