प्रस, सिम्रौनगढ, १९ साउन/

सिम्रौनगढ नगरपालिका अन्तर्गतका विद्यालयहरूका प्रधानाध्यापकहरूको भेला सम्पन्न भएको छ । सिम्रौनगढ नगरपालिकाको शिक्षा तथा खेलकूद शाखाको सभाकक्षमा भेला सम्पन्न भएको हो ।

शिक्षा संयोजक नुराजम सिद्धिकीको अध्यक्षतामा भएको भेलाले साउन २० गतेदेखि सिम्रौनगढ नगरपालिका अन्तर्गतका सामुदायिक, संस्थागत तथा मदर्सा विद्यालय सञ्चालन गर्ने निर्णय गरेको बताइएको छ । यसका साथै यसै महीनाको मसान्तभित्र विद्यार्थी भर्ना गर्ने निर्णय पनि गरिएको छ ।

भेलामा कङ्काली माविका प्रअ ध्रुवप्रसाद कुशवाहा, जनता माविका  शम्भुप्रसाद यादव, प्रअहरू कमलेश अग्रहरि, जिक्रुल्लाह अन्सारी, रामायण प्रसाद, त्रिभुवन प्रसाद, अमानुल्लाह अन्सारीलगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here