नयाँ दिल्ली, १९ साउन/एएनआई

भारतमा कोरोना भाइरसबाट थप ३० हजार ५४९ जना सङ्क्रमित भएका छन् । कोरोना भाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या तीन करोड १७ लाख २६ हजार ५०७ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मड्डलवार जानकारी दिएको छ ।

भारतमा अहिले पनि सक्रिय सङ्क्रमितको सङ्ख्या चार लाख चार हजार ९५८ रहेका छन् । यो सङ्ख्या कुल सङ्क्रमितको १.२८ प्रतिशत हो । गत २४ घण्टाको अवधिमा कोरोना भाइरसका कारण भारतमा ४२२ जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण कुल मृतकको सङ्ख्या चार लाख २५ हजार १९५ पुगेको पनि मन्त्रालयका अधिकारीले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा भारतमा ३८ हजार ८८७ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । भारतमा कोरोना भाइरसको महामारी फैलिएदेखि अहिलेसम्म सङ्क्रमणमुक्त भएकाको कुल सङ्ख्या तीन करोड आठ लाख ९६ हजार ३५४ रहेको छ । सरकारी अधिकारीले दिएको जानकारी अनुसार कुल सङ्क्रमितमध्ये ९७.३८ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भइसकेको छ ।

हालसम्म यहाँ ४७ करोड १२ लाख ९४ हजार ७८९ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । हिजो एकै दिनमा १६ लाख ४९ हजार २९५ जनाको कोरोना परीक्षण भएको थियो । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरू भएको थियो । सो समयदेखि अहिलेसम्म ४७ करोड ८५ लाख ४४ हजार ११४ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको छ । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here