प्रस, रौतहट, १८ साउन/
जनमत पार्टी नगर समिति राजदेवीले सोमवार बृहत् पदयात्रा प्रदर्शन गरेको छ । पार्टीको केन्द्रीय सदस्य एवं केन्द्रीय प्रकाशन विभाग प्रमुख ललित मल्लिक शानूको अध्यक्षतामा राजदेवी नगरपालिकाको मुडवलवा गेटबाट पदयात्रा शुरू गरी राजदेवी नगरपालिकाको कार्यालयसम्म भ्रष्टाचारविरुद्ध प्रदर्शन गरिएको थियो ।
प्रदर्शनको क्रममा विभिन्न खाले चर्को नारा लगाइएको थियो । पदयात्रामा जनमत पार्टीको वरिष्ठ नेतृत्व मण्डलका केन्द्रीय संयोजक अशोककुमार सिंह, जिल्ला सचिव विकासकुमार यादव, नगर संयोजक प्रभु यादवलगायत नेता, कार्यकर्ताहरूको सहभागिता थियो ।