जलेश्वर, १८ साउन/रासस

महोत्तरी जिल्लाका तीनवटा पालिकालाई सोमवार कोरोनाविरुद्ध जीवनरक्षाका लागि एक संस्थाले ३५ लाख मूल्यबराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

विश्वसहित नेपालमा पनि पछिल्लो समय कोरोनाको तेस्रो लहर भेटिएपछि सेभ द चिल्ड्रेनको सहयोगमा रतौली युवा क्लब महोत्तरीले जिल्लाको जलेश्वर नगरपालिका, लोहारपट्टि नगरपालिका र पिपरा गाउँपालिकालाई सो स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । सेभ द चिल्ड्रेनको समुन्ति कार्यक्रम अन्तर्गत रतौली युवा क्लबले कोरोनाको तेस्रो लहरविरुद्ध पूर्वतयारीका लागि जलेश्वर नगरपालिकालाई रु १५ लाख, लोहारपट्टि नगरपालिकालाई रु सात लाख र पिपरा गाउँपालिकालाई रु १३ लाखका विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

सो संस्थाले पालिकालाई अक्सिजन ग्यास सिलिन्डर, अक्सिमिटर, सेनिटाइजर, मास्क, पञ्जालगायत २२ प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

रतौली युवा क्लबका कार्यकारी निर्देशक बैधनाथ चौधरीले तीनवटै पालिकाका प्रमुखलाई सबै स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here