प्रस, सेढवा, १८ साउन/
निषेधाज्ञामा दलित, गरीब, मजदूर, श्रमिकहरूलाई खाद्यान्न राहत वितरण गर्दै आएको पिस फर दलित फाउन्डेशन नेपालले न्युजिल्यान्ड नेप्लिज एशोसिएशनको आर्थिक सहयोगमा सोमवार जीराभवानी गाउँपालिकामा राहत वितरण गरेको छ ।
निषेधाज्ञा खुकुलो भएपनि गरीब, दलित, मजदूर, श्रमिकहरूको जीवन अहिलेसम्म कष्टकर रहेको र उनीहरूले पूर्णरूपमा काम गरेर खान सक्ने सामथ्र्य जुटाइनसकेका कारण दैनिक गुजारामा समस्या भएका जीराभवानी गापा–५ सखुनियाका ५९ घरपरिवारलाई राहत वितरण गरिएको फाउन्डेशन नेपालका अध्यक्ष मनोज रामले बताए । ८६ जना घरपरिवारलाई राहत वितरण गर्ने योजना रहेकोमा सोमवार ५९ घरपरिवारलाई प्रतिपरिवार २० किलो चामल, १ किलो नून, डेढ किलो दाल र मास्क सहयोग गरिएको अध्यक्ष रामले बताए ।
कार्यक्रममा दलित अगुवाहरू खेदनीदेवी मुसहर, रमाकान्त चौधरी, चन्द्रकिशोर राम, सुरेन्द्र पासवान, संयोग राम, लहवर रामलगायतले सहयोग पु-याएका थिए । कार्यक्रमको सहजीकरण अध्यक्ष रामले गरेका थिए ।