प्रस, पर्सागढी, १७ साउन/
पर्सागढी नगरपालिकामा विश्व स्तनपान दिवस साताव्यापीरूपमा मनाइँदैछ । ‘हामी सबैको साझा जिम्मेवारी, स्तन संरक्षण हुन्छ प्रभावकारी’ नाराका साथ आइतवारदेखि साताव्यापीरूपमा विश्व स्तनपान दिवस मनाइँदैछ ।
साताव्यापी कार्यक्रम अन्तर्गत आमाको दूध बच्चाको लागि एकमात्र सर्वोत्तम खाना हो भन्ने सन्देश प्रवाह गरिएको छ । नगरपालिका अन्तर्गतका स्वास्थ्यचौकी, प्राथमिक स्वास्थ्य केन्द्रका साथै सरकारी तथा गैरसरकारी संस्थाहरूको सहभागितामा प्रचारप्रसार, जनचेतनामूलक कार्यक्रम साताव्यापी आयोजना गरिएको स्वास्थ्य शाखा सहसंयोजक उमेश साहले बताए ।