प्रस, वीरगंज, १५ साउन/

वीरगंज महानगरपालिकाका निजी विद्यालयहरू एकपछि अर्काे निषेधाज्ञामा खुल्ने क्रम जारी छ। वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा अहिले अनिश्चितकालका लागि लगाइएको छ ।

कोरोना सङ्क्रमणको कारण निषेधाज्ञा वैशाख १६ गतेदेखि लगाइएको एक/एकसाताको लागि थप गर्दै लगिएपनि पछिल्लो चरण असार १३ गतेदेखि अनिश्चितकालका लागि लगाइएको र अहिले एक महीना बितिसक्दा पनि सोबारे कुनै निर्णय गरिएको छैन ।

निषेधाज्ञा जारी अवस्थामा सार्वजनिक यातायात र विद्यालय सञ्चालनको अनुमति दिइएको छैन । तर सोही बखतदेखि खुलेयाम सार्वजनिक यातायातका साधन जिल्ला बाहिर निर्वाध सञ्चालन भएका छन् भने अहिले विद्यालयहरू पनि एकपछि अर्काे खुलिरहेका छन् ।

सामुदायिक विद्यालयसमेत भौतिकरूपमा कक्षा ८ देखि १२ सम्म सञ्चालनका लागि वीरगंज महानगरपालिकाले नयाँ शैक्षिक सत्रको शुरू, असार १ गतेदेखि दिएको थियो । तर महानगरपालिकाको मात्र इजाजतबाट विद्यालय सञ्चालन हुन नपाउने र विद्यालय सञ्चालनका लागि जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रले अनुमति नदिएको कारण अहिलेसम्म विद्यालय भौतिकरूपमा सञ्चालनमा आउन सकेको छैन ।

जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र संयोजक र जिल्ला प्रशासन कार्यालय, पर्साका प्रमुख जिल्ला अधिकारी पीताम्बर अधिकारी मन्त्रिपरिषद्को निर्णयबाहेक विद्यालय सञ्चालनका अनुमति दिन नसकिने कुरामा अडिग छन् ।

महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले विद्यालय सञ्चालनका लागि जेठ अन्तिम सातादेखि गर्दै आएको लम्बिङ प्रजिअको अडानका कारण सफ्ल हुन सकेको छैन ।

यसैबीच केही विद्यालयहरूले असारदेखि विनापोशाक भौतिकरूपमैं विद्यालय सञ्चालन गरेको गुनासो आएपछि प्याब्सन पर्साले सोको जिम्मेवारी नलिने बताएपछि ती विद्यालयहरू केही दिन बन्द थिए । तर अहिले एउटा विद्यालयले सामाजिक सञ्जालमार्पmत नै विद्यार्थीहरूलाई भौतिकरूपमा सहभागी हुन आह्वान गरेको छ ।

प्याब्सनका एकजना सदस्यले एकाधबाहेक सबैजसो विद्यालयहरू विनापोशाक सञ्चालनमा रहेको जनाएको छ । अहिले विनापोशाक सञ्चालनमा आएका विद्यालयहरूले महानगरपालिकाले जारी गरेको सूचना अनुसार कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरूलाई भौतिकरूपमा सहभागी गराएर अध्यापन गराउँदै आएको छ ।

बिहान पौने सात बजेदेखि बिहान साढे एघार बजेसम्म निजी विद्यालयहरूको अवलोकन, अनुगमन गर्ने हो भने यो कुरा प्रमाणित हुने स्रोतले दाबी गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here