प्रस, परवानीपुर, १५ साउन/

वीरगंजमा लाइसेन्स नवीकरण गर्न आएका काठमाडौंका युवकको रहस्यमय तरीकाले हत्या भएको छ ।

हत्या हुने काठमाडौं, गङ्बुका २९ वर्षीय सुजन पाख्रिन रहेका छन् । उनले लगाएको सुनको औठी र सिक्री गरी करीब ८–१० तोला सुनको गहना लुटपाट गर्न हत्या गरिएको पर्सा प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

बुधवार दिउँसो काठमाडौंबाट वीरगंज आएका सुजन बिहीवार बिहान ३ बजे वीरगंज– ५ रामटोलस्थित सडक छेउमा गम्भीर घाइते तथा अचेत अवस्थामा फ्ेला परेका थिए । उनका साथीहरूले उनलाई घाइते अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेपछि नारायणी अस्पतालमा उपचारको लागि लगिएको थियो । तर अस्पतालमा पुगेपछि चिकित्सकले मृत घोषित गरेका थिए ।

बुधवार राति सुजन आफ््ना साथीहरूसँग अबेर रातिसम्म बीयर खाएको र राति १२ बजेपछि बीयर सकिएपछि उनी बीयर लिन बा २ ज ५७८५ नम्बरको कार लिएर एक्लै बजार निस्केका थिए । तर लामो समयसम्म नफ्र्केपछि उनका साथीहरूले नै खोजी गर्दा उनी सिकिस्त अवस्थामा फ्ेला परेका थिए । उनको घाँटीमा नीलडाम थियो र उनले लगाएको सुनको गहना थिएन । प्रहरीले उनको हत्याको आरोपमा निजका ६ जना साथीहरूलाई नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा काठमाडौं, टोखा नपा २५ का २७ वर्षीय मनोज कार्की, मकवानपुरका कुमारसिंह पाख्रिन, वीरगंज–७ का २७ वर्षीय विक्की लामा, सोही स्थानका विक्की साह र बारा, फ्ेटा गापा–३ का २७ वर्षीय धनञ्जय रजक रहेका छन् । प्रहरीले शुक्रवार साँझसम्म हत्याको विवरणसहित प्रेस विज्ञप्ति जारी गर्ने जनाएको छ ।

पर्साका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालले भने–“अनुसन्धानको अन्त्यतिर छौं, साँझसम्म केही कुरा भेरिफई गरी थप जानकारी दिनेछौं, लुटपाटकै लागि हत्या भएकोजस्तो देखिएको छ, पक्राउ परेकाहरूले पनि स्वीकार गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here