प्रस, वीरगंज, १५ साउन/
जनता समाजवादी पार्टीले चाँडै सरकारमा जाने छलफ्ल तीव्र पारेको छ । सर्वाेच्च अदालतको आदेशमा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा ७ मन्त्रालयका साथ जसपा सरकारमा जाने तयारीमा छ ।
जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा जसपा सरकारमा जाने तयारी गरेको जसपाका एकजना कार्यकारिणी सदस्यले बताएका छन् । जसपा स्रोतका अनुसार पार्टी अधयक्ष यादव उपप्रधानमन्त्रीसहित महŒवपूर्ण मन्त्रालयको जिम्मेवारी पाउन लागेका छन् भने अन्य मन्त्री बन्ने टपलिस्टमा उनलाई कठिन घडीमा साथ दिने सांसदहरू रहेका छन् ।
जसपाका सांसद महेन्द्रराय यादव, मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ, डा. सुरेन्द्र यादव, प्रदिप यादव, रामसहाय यादव, राजकिशोर यादव, मृगेन्द्रकुमार सिंह यादव, महिलाबाट प्रमिला यादव र रेणु यादवमध्येबाट मन्त्री बन्ने सम्भावना बलियो रहनेगरी आपसी सहमति भएको छ।
अध्यक्ष उपेन्द्र यादवले देउवा सरकारको पक्षमा खुलेर देखिएका १९ मध्येबाट विगतमा हस्ताक्षरकर्ता १३ जनाबाट मन्त्री चयन गर्ने, जसपा नेताहरूले बताएका छन् । जसपामा एक पक्षले मन्त्री नबनेका सांसदलाई मन्त्री बनाउन छलफ्लमा माग गरेको छ ।